Logo
६ जेष्ठ २०८१, आईतबार
(December 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सिंघम’ जस्तै बनेको ‘सिम्बा’ हुनेछ २०१८ को अन्तिम सुपरहिट फिल्म

रणवीर सिंह र सारा अली खान अभिनित फिल्म ‘सिम्बा’ २५ डिसेम्बरमा रिलीज हुँदैछ । यो फिल्म २०१८ को अन्तिम हिट फिल्म हुनसक्ने भारतीय संचारमाध्यमले जनाएका छन् । फिल्म प्रदर्शक अक्षय राठीका अनुसार पहिलो दिन नै यो फिल्मले २५ करोडको व्यापार गर्नेछ । उनले यो फिल्मले ३-४ दिनमा नै सय करोडको व्यापार गरेर १०० करोड रुपैयाँको क्लबमा सहभागी हुने विश्वास व्यक्त गरे ।

अक्षयले भने-सिम्बा निश्चित रुपमा ब्लाकबस्टर फिल्म हुनेछ । फिल्मको कास्टिङदेखि लिएर सेटअप, निर्देशक र संगीतसम्म सबै कुरा फिल्मको पक्षमा छ । यो फिल्मले बक्स अफिलसमा जादू देखाउँछ ।’ यो वर्षको सुरुवात मै रणवीर सिंह अभिनित र संजललिला भन्सालीले निर्देशन गरेको फिल्म ‘पद्मावत’ रिलीज भएको थियो ।

जुन फिल्म बक्स अफिसमा सुपरहिट सावित भएको थियो । यो फिल्मले डोमेस्टिक बक्सअफिसमा ३०० करोड रुपैयाँ संकलन गरेको थियो । सिम्बालाई रोहिट शेट्टीले निर्देशन गरेका छन् । यो फिल्ममा रणवीर सिंहसँग न्यूकमर सारा अली खान मुख्य भूमिकामा छन् । फिल्ममा सोनु सूद र आशुतोष राणा मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति: Dec 28, 2018

प्रतिक्रिया दिनुहोस्