Logo
६ जेष्ठ २०८१, आईतबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘बागी ३’को प्रदर्शन मिति तय

काठमाडौ : नायक टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘बागी ३’को पहिलो पोष्टर सार्वजनिक भएको छ । साथै उक्त चलचित्रको प्रदर्शन मितिपनि तय गरिएको छ । यो चलचित्रको अघिल्ला २ सिरिज हिट भएका थिए । यसैले, निर्माता साजिद नाडियाडवालाले चलचित्र निर्माण अगाडि नै यसको प्रदर्शन मिति फाइनल गरेका हुन् ।

भारतीय मिडियाका अनुसार यो चलचित्र सन् २०२० को मार्च ६ तारिखबाट रिलिजमा आउने भएको हो । टाइगरले यो चलचित्रमा पनि खतरनाक एक्सन गरेको देख्न पाइनेछ । यो चलचित्रले नै बलिउडमा टाइगरलाई स्टार बनाएको छ । यो चलचित्रमा नायिका साराअली खानले काम गर्ने चर्चा पनि भारतीय मिडियामा चलिरहेको छ । तर, यो बिषयमा साराले पनि केही बताएकी छैनन् । तर, चलचित्रको प्रदर्शन मिति तय गर्दै यसका निर्माताले यसपटक चलचित्र अझ विशेष हुने बताएका छन् ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्