Logo
२५ बैशाख २०८१, मंगलबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकिङ् क्षेत्रको लागि खुसीको खबर : कतारको सबैभन्दा ठूलो दोहा बैंकको नेपालमा प्रतिनिधि कार्यालय सञ्चालनमा

काठमाडौं : वेलायतको दि बैंकर पत्रिकाले बेस्ट रिजनल कमर्सियल बैंकको अवार्ड दिएको कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोलेको छ । ६ महिना अगाडि नै राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति लिए पनि बुधबारबाट बल्ल औपचारिक कारोबार सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि हामीले कतारको सबैभन्दा ठूलो बाणिज्य बैंक दोहा बैंकलाई प्रतिनिधि कार्यालय खोल्न स्वीकृति दिएका थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिबी नेपालले भने, यसले नेपालका बैंकहरुलाई पनि अन्तर्राष्ट्रिय ब्यापार विस्तारका लागि सहजीकरण हुन्छ ।

दोहा बैंकको प्रतिनिधि कार्यालयले नेपाली बैंकहरुलाई प्रतितपत्र खोल्नलगायत अन्य होलसेल बैंकिङ कारोबार गर्न सहजीकरणको काम गर्ने छ। नेपालमा मस्रेक बैंकले गरेजस्तै काम दोहा बैंकले गर्ने छ।

दोहा बैंकले नेपालमा खुद्रा बैंकिङ कारोबार गर्न पाउँदैन । उसले यहाँ बैंकिङ सम्बन्ध विस्तार गर्नुका साथै आफ्नो अन्तर्राष्ट्रिरय अनुभव बाँड्ने काम गर्छ । नेपाली बैंकले खोलेको एलसीलाई सहजीकरण गर्ने काम गर्छ । नेपाली बैंकलाई खाडीका देशहरुले चिनेन् भने दोहा बैंकले त्यहाँ सहजीकरण गरिदिने गर्छ ।

प्रतिनिधि कार्यालय खोलेको हुँदा यसलाई चुक्ता पूँजीको आवश्यकता पर्दैन । आफ्नो माउ कम्पनीको नीति नियम अनुसार नै यसले नेपालमा काम गर्छ । सन् १९७९ मा खुलेको बैंकले घरेलु तथा अन्तर्राष्ट्रिय बैंकिङ सेवा दिँदै आएको छ । बैंकको होलसेल, रिटेल, अन्तर्राष्ट्रियका साथै ट्रेजरी एण्ड इन्भेष्टमेन्ट बैंकिङ सेवा दिइरहेको वेव साइटमा जनाएको छ ।

बैंकको कुवेत, दुवइ, भारतलगायतका देशमा शाखा कार्यालय छ । जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, वेलायत, क्यानडा, जर्मनी, वंगलादेशमा प्रतिनिधि कार्यालय छन् । दि बैंकरबाट बैंकले बेस्ट रिजनल कमर्सियल बैंकको अवार्ड पनि पाएको छ ।

क्रेडिट रेटिङ कम्पनी फिट्चबाट ए प्लस, मुडिजबाट ए२ रेटिङ पनि पाएको छ । गभर्नर डा। नेपालले दोहा बैंकसहित अन्य केही बैंक नेपाल आउन छलफलमा रहेको जानकारी दिए ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्