Logo
२४ बैशाख २०८१, सोमबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकार माथि अध्यक्ष केसीको कडा प्रश्न

डडेल्धुरा : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकार माथि कडा प्रश्न उठाएका छन् । कार्यकर्ता भेटघाटको क्रममा सुदूरपश्चिम प्रदेश दौडाहामा रहेका केसीले बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रमा प्रदेश सरकारको कुनै औचित्य नभएको दाबी गरेका हुन् ।

केन्द्र र स्थानीय सरकारमा भएको अधिकार ठीकै भएको उल्लेख गर्दै उनले प्रदेश सरकारको काम के हो रु भन्दै प्रश्न गरे । उनले स्थानीय तह बलियो बनाउनुपर्ने र केन्द्रले धेरै अधिकार राख्न नहुने उनको दाबी छ ।

केन्द्र र स्थानीय सरकारबीचको समन्वयका लागि प्रदेशलाई प्रशासनिक संयन्त्र बनाउनु पर्नेमा उनको जोड छ । ‘प्रदेशभित्रको मन्त्रीमण्डलको खर्च, कर्मचारीको खर्च केले चल्छरु’ उनको प्रश्न छ, ‘यहीँ नगरपालिका छ, गाउँपालिका छ । त्यहीँमा प्रदेश छ । केका खर्चले चल्छन्रु’ प्रदेशमा हुने खर्च सबै नगरपालिका र गाउँपालिकामा दिनु पर्ने उनको भनाइ छ।

केन्द्र सरकारले पनि बढीभन्दा बढी बजेट आफूले राख्नुभन्दा पनि गाउँ र नगरपालिकालाई दिनुपर्नेमा उनको जोड छ । ‘स्थानीय तहलाई दिइएको अधिकार अझैं थप्नुपर्छ । उनले अघि भने,‘यो प्रदेश सरकारको काम छैन ।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेपाल राख्ने र बचाउने भए संघीयता खारेज गर्नुपर्ने दोहोर्‍याए ।

महंगो प्रणाली भएकाले संघीया खारेज हुनुपर्ने उनको दाबी छ । प्रजातान्त्रिक विकेन्द्रीकरणको अधारमा राज्यको एकात्मक प्रणाली नै उपयुक्त भएको उल्लेख गर्दै अध्यक्ष केसीले भने, यो संघीयता खारेज गर्नुको विकल्प छैन ।’ संघीयता र प्रदेश सरकार ‘घाणो’ भएको उनको जिकिर छ ।

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन अध्यक्ष केसीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा सरकारविरुद्ध विरोध बढिरहेको उनको ठम्याइ छ ।

‘नौ महिनामा कायापलट त हुन सक्दैन तर यो समयमा भ्रष्टाचारीलाई कारबाही जस्ता साना कार्य पनि नगरेकाले सरकार अलोचित बनेको छ।’ सरकारलाई सफल मान्न भने नसकिने उनको भनाइ छ। उनले अहिले पनि संविधान र गणतन्त्रमाथि ‘कालो बादल’ मडारिरहेको केसीले बताए ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्