Logo
५ जेष्ठ २०८१, शनिबार
(December 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाँस्यकर्मी कपिल शर्मा : ‘जिउँदो शहीद’

२ परम्पराबाट विवाह गरेका भारतीय हाँस्यकर्मी कपिल शर्मालाई बधाई औइरो छ । उनको विवाह १२ डिसेम्बरमा भएको हो ।  उनलाई प्रत्यक्ष र सामाजिक सञ्जालमा धेरैले बधाई दिएका छन् । लामो समय कपिल शर्मासँगै काम गरेका सिद्धुले पनि कपिललाई ट्वीट गरेर बधाई दिएका छन् ।

उनले लेखेका छन्, ‘विवाह यस्तो एक रोम्यान्स हो, जसमा हिरोको मृत्यु पहिलो च्याप्टरमा नै हुन्छ। अब तिमी पनि जिउँदो शहीदको समूहमा प¥यौ साथी ।’

टेलिभिजनमा कपिल र नवजोत सिंहको सम्बन्ध राम्रो देखिन्छ। लामो समयसम्म काममा सँगै हिँडेका नवजोत कपिल शर्माको शो बन्द भएपछि नवजोत कपिललाई मिस गरिरहेका छन्। तर कपिल जहिले पनि आफ्नो शोको मुटु सिद्धु पाजी भएको बताउँदै आएका छन्।

अहिले कपिलको विवाहकोे फोटो इन्टरनेटमा भाइरल भइरहेको छ। बिहीबार कपिलले गुरुद्वारमा सिख रीतिरिवाज अनुसार विवाह गरे। त्यसपछि उनको विवाह गिन्नीको होमटाउन जालंधरमा पनि विवाह भयो। पञ्जाबमा विवाह गरिसेकेपछि कपिलले फोटो सार्वजनिक गरेका थिए ।

 

प्रकाशित मिति: Dec 14, 2018

प्रतिक्रिया दिनुहोस्