Logo
१७ बैशाख २०८१, सोमबार
(November 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यान्मारमा लगानी गर्न नेपाली उद्यमीलाई सुकीको आग्रह

काठमाडौँ : म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो-१८’ लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो ।

नेत्री सुकीले नेपाली उद्यमीलाई म्यान्मामा लगानी गर्न आग्रह गर्दै कृषि, जलविद्युत्, प्रविधिलगायत क्षेत्रमा लगानी वृद्धि गरी अर्थतन्त्रलाई बलियो बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा नेत्री सुकीले नेपालसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउँदै आफूले नेपाल र नेपालीलाई सदैव सम्मान र माया गर्ने बताउनुभयो ।

प्रकाशित मिति: Nov 29, 2018

प्रतिक्रिया दिनुहोस्