Logo
१७ बैशाख २०८१, सोमबार
(November 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्बोडियाका प्रधानमन्त्री नेपालमा, उपप्रधानमन्त्री पोखरेलद्वारा स्वागत

काठमाडौँ : एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुग्नुभएको छ ।

उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सलामी दिएको थियो । आजदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति: Nov 29, 2018

प्रतिक्रिया दिनुहोस्