Logo
१७ बैशाख २०८१, सोमबार
(November 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कांग्रेस आइको नेतृत्वलाई खुशी पार्न योगी आदित्यनाथमाथि अपमान भयो’

काठमाडौं : विवाहपञ्चमीको अवसरमा जन्ती बनेर जनकपुर आउन लागेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणबारे कांग्रेस उपसभापती विमलेन्द्र निधिले गरेको टिप्पणीबारे भारतीय सत्तारुढ दल भाजपा नै अचम्ममा परेको छ

भारतीय दुतावात निकट उच्च स्रोतका अनुसार निधिले नेपाल-भारतको सम्बन्धमा दरार पैदा गर्ने मनशायले अनर्गल प्रचार गरेर आदित्यनाथको अपमान गर्न खोजेको जनाएको छ । तर, भारतीय पक्षले भने नेपाल-भारत सम्बन्ध बिग्रिन नदिन सतर्क रहेको दावी गरेको छ ।

दुतावास निकट एक उच्च कर्मचारी भन्छन्, ‘रेल वे उद्घाटन मुख्यमन्त्रीबाट हुने कुरै होइन्, दुवै मुलुकको सहमति र सहकार्यका आधारमा हुने कुरा हो । नेपाल सरकार र भारत सरकारबीच आैपचारिक रुपमा संवाद होला अनि उद्घाटनको बारेमा टुङ्गो लाग्ला । निधिले भनेजस्तो भइ हाल्छ भन्ने होइन । भारतले नेपालको सार्वभाैमिकतालाई उच्च सम्मान गर्छ ।’

जयनगर-जनकपुर-कुर्खा रेल्वेलाई दुई देशका सरकारका प्रतिनिधिले उद्घाटन गर्नेछन्’, ती कर्मचारी भन्छन्, ‘नेपाल र नेपालीको अपमान हुनेगरी भारतले कुनै पनि कार्य गर्दैन । मुख्यमन्त्री योगी आदित्यनाथ धार्मिक कार्यक्रममा सहभागी हुन आउनुहुन्छ । रेल्वे उद्घाटन गर्न केन्द्रीय मन्त्री आउनुहुन्छ ।’

उनले भने -‘भारत स्थित कांग्रेसका नेताहरुलाई खुशी र चाप्लुसी पार्न निधिले यस्तो कृयाकलाप गरेका हुन् । तर निधिको त्यो चाप्लुसी योजना पुरा हुनेछैन ।’

प्रकाशित मिति: Nov 24, 2018

प्रतिक्रिया दिनुहोस्