Logo
१७ बैशाख २०८१, सोमबार
(November 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगीमाथी खनिएका कांग्रेस नेता विमलेन्द्र निधि पश्चिमा शक्तिको एजेन्ट भएको आरोप

काठमाडाैं : विावह पञ्चमीको अवसरमा जनकपुरमा जन्ती बनेर आउन लागेका भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका बारेमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेको विरोधलाई लिएर कांग्रेस कार्यकर्ताले निधिमाथि ‘हचुवा उट्पट्याङ’ को संज्ञा दिएका छन् ।

जनकपुरको जनताबाट अस्विकृत रहेक निधि पश्चिमा शक्तिको पैसा खाएर योगी आदित्यनाथको विरोधमा उत्रेको भन्दै कांग्रेस भित्रै भुसको आगो सल्किएको छ ।

आदित्यनाथ विवाहपञ्चमिको अवसरमा जन्ती बनेर आउन लाग्दा अनावस्यक लफडा झिकेर निधिले धर्मको राजनीति गर्न खोजेको भन्दै कांग्रेसमा विवाद बढेको हो ।

आदित्यनाथ जन्ती बनेर आउँदा रेलको उद्घाटन हुनेबारे कुनै कुरा नभएपनि पश्चिमा शक्तिको पैसा खानेहरुले बखेडा झिकेको भन्दै सर्वत्र विरोध सुरु भएको हो ।

‘मुख्यमन्त्री सरकारको आैपचारिक निमन्त्रणामा नभएर जनकपुरमा मंसिर २६ गते विवाहपञ्चमिको अवसरमा जन्ती बनेर आउने तयारी सुरु भएपछि यस्तो विवाद उत्पन्न हुनु नेपाल-भारत सम्बन्धमा समेत नकारात्मक सन्देश दिनु हो ।’ कांग्रेसका एक नेताले भने ।

आदित्यनाथको भ्रमणलाई राजतन्त्र र धर्मसँग जोडेर विश्लेषण गर्नु नै मुर्खता भएको भन्दै उनले निधिमाथि नै उनले प्रश्न गरे ।  ‘आदित्यनाथको भ्रमणलाई हिन्दु धर्म र राजतन्त्रसँग जोडेर हेर्ने र विरोध गर्ने नेताज्युले नेपाल सरकार नै आयोजक रहेर हुन गईरहेको ईसाई धर्मालम्बीहरुको अन्तराष्ट्रिय सम्मेलन जो काठमाँडौमा हुँदैछ त्यसको बिरोध किन गर्न सकेनन् ? जवाफ छ निधिसँग ?’ उनको प्रश्न छ ।

प्रकाशित मिति: Nov 23, 2018

प्रतिक्रिया दिनुहोस्