Logo
२ जेष्ठ २०८१, बुधबार
(November 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वी पहाडी जिल्लामा पर्यटन विकासका लागि इलाममा पर्यटन महोत्सव

पशुपतिनगर : पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो । पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताउनुभयो ।

इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा इलाम, पाँचथर, झापा र ताप्लेजुङका स्थानीय उत्पादन, कला संस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, ट्राभलबाट प्याकेज बिक्री, जातीय खानाको परिकार, प्रदेश नम्बर १ का होटल व्यवसायीको भेला आयोजना हुनेछ । यस्तै चार जिल्लाका पर्यटन व्यवसायीको भेला, विभिन्न साहित्यिक श्रेत्रबाट साहित्यिक कार्यक्रम, वृद्ध, बच्चा र विद्यार्थी लक्षित कार्यक्रम, भँेडा, चौरी, अवलोकन, घोडचढीलगायतका कार्यक्रम राखिएको छ ।

इलामलगायत मेचीका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि यो महोत्सवले सहयोग गर्नेछ । यस्तै इलामको अन्तु, कन्याम, सन्दकपुर, पाथिभरालगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति: Nov 21, 2018

प्रतिक्रिया दिनुहोस्