Logo
२४ बैशाख २०८१, सोमबार
(November 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकार असफल भयो, सबैले प्रचण्डको नेतृत्व चाहेका छन् : गजुरेल

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले नेपालमा भएको परिवर्तनको बाहकको रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सबैले स्विकार गरेको बताएका छन् ।

“अहिले पनि संस्थागत परिवर्तन भइसकेको छैन । संघीयता प्रभावकारी कार्यान्वयन भइसकेको छैन । शान्ति प्रक्रिया टुङ्गोमा पुगेको छैन । यस्तो अवस्थामा सबैले दाहालको नेतृत्व खोजेका छन् ।” गजुरेलले भने ।

दाहालपुत्र प्रकाशको वार्षिक पुण्यतिथीमा आयोजित विशेष कार्यक्रममा सहभागि सबै दलका नेताहरुले दाहालप्रति सहानुभूति मात्र देखाएको नभै नेतृत्व नै गर्नुपर्ने संकेत गरेको गजुरेलको जिकिर थियो ।

नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा कुरा गर्दै विभिन्न दल र जनताले देशमा दाहालकै नेतृत्व खोजेको पनि बताए । यद्यपी को प्रधानमन्त्री बन्छ ? कसले नेतृत्व लिन्छ भन्ने कुरामा अहिले बहस गर्न जरुरी नरहेको गजुरेलले बताए ।

एकीकरणपछि बनेको नेकपामा दुईवटा अध्यक्ष भएकाले दाहालको भूमिका कमजोर देखिनु स्वभाविक भएको उनले बताए । अध्यक्षद्धय केपी ओली र दाहालबीचमा सुमधुर सम्बन्ध रहेको पनि गजुरेलले बताए ।

केपी ओली नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको उनको तर्क छ । पार्टीभित्रको आन्तरिक समस्या र एकीकरण प्रक्रियामा भएको समस्या पनि हल गर्न नसकिएको गजुरेलले बताए ।

सरकारको कामबाट स्वयम् प्रधानमन्त्री ओली नै सन्तुष्ट हुन नसकेको उनको भनाई थियो । अबका दिनमा ओलीले मन फराकिलो बनाएर कमी कमजोरीलाई हटाउँदै प्रभावकारी रुपमा काम गर्नुपर्ने गजुरेलको सुझाब छ ।

प्रकाशित मिति: Nov 20, 2018

प्रतिक्रिया दिनुहोस्