Logo
२४ बैशाख २०८१, सोमबार
(November 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड पुत्र प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ : प्रधानमन्त्री

काठमाडौँ : अस्पताल भर्ना भएर निको भएपछि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । सोमवार उनी नेकपाका अर्का अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति तथा श्रद्धाञ्जली सभामा सोमबार सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली सभामा संक्षिप्त सम्बोधन गर्दै देशका लागि राम्रो गरे प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने बताए ।

‘आज यस्तो दिनमा राजनीतिक कुरा गर्दैन, होनाहार र सक्षम छोरा गुमाउदाको पीडालाई शक्तिमा बदल्नुभयो प्रचण्ड जीले । त्यो सबैभन्दा ठूलो कुरा हो, अब हामीले देशकालागि राम्रो काम गरेमा प्रकाशको सच्चा श्रद्धाञ्जली हुनेछ,’ मधुरो स्वरमा बोलेका प्रधनमन्त्री ओलीले भने ।

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य सहित सहभागी थिए ।

प्रकाशित मिति: Nov 19, 2018

प्रतिक्रिया दिनुहोस्