Logo
२७ बैशाख २०८१, बिहीबार
(November 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ वर्षअघि मोदीले दिएको श्रीखण्ड चन्दन आज हरिबोधिनी एकादशीदेखि चढाइने

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा दिएको श्रीखण्ड चन्दन हरिबोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ ।

२०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले २ हजार ५ सय किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गरेको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

पशुपतिमा वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ । पशुपतिनाथ मन्दिरमा चढाउन हाल गुठी संस्थान र कौशीतोषाखानाले अढाई–अढाई किलो गरी मासिक पाँच किलो चन्दन कोषलाई दिने गरेको सदस्य सचिव ढकालले बताए । त्यसले नपुग्ने भएकाले महिनामा एक किलो मोदीले दिएको चन्दनबाट पशुपतिनाथ मन्दिरलाई थपिनेछ ।

१२ किलो चन्दन पशुपतिनाथलाई वाषिर्क रुपमा थपिनेछ । वासुकीनाथलाई वाषिर्क छ किलो गरी ४१८ किलो चन्दन वर्षमा खर्च हुनेछ । यो चन्दन छ वर्षसम्मलाई पुग्ने जनाइएको छ । रासस

प्रकाशित मिति: Nov 19, 2018

प्रतिक्रिया दिनुहोस्