Logo
५ जेष्ठ २०८१, शनिबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका कलाकार ऋषि कपूर क्यान्सरबाट ग्रस्त

एजेन्सी :  पछिल्लो समय बलिउडका कलाकार ऋषि कपूर तेस्रो चरणको क्यान्सरबाट ग्रस्त भएको खबर बाहिरिएको छ । क्यान्सको उपचारका लागि ऋषि केही समयदेखि अमेरिकामा रहेका छन् ।

उनका धेरै साथीहरुले सोसल मिडियामा यस्तै लेखेका छन् । ऋषि कपूर गम्भीर अवस्थामा रहेको र उनको स्वास्थ्य लाभको कामना सहितका शुभकामना सोसल मिडियामा लेखिएका छन् ।

यसैबीच ऋषि कपुरका भाई रणधीर कपुरले एक इन्टरटेन्मेन्ट अनलाईनसँग कुरा गर्दै ऋषि कपुरको स्वास्थ्य राम्रो रहेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार ऋषिको उपचार आज बिहीबारबाट सुरु भएको हो ।

उनको चेकअप भएर रिर्पोट आएपछि मात्रै के भएको हो भन्ने पत्ता लाग्ला अहिले नै यसै भन्ने सक्ने अवस्था छैन रणधीरले भनेका छन्। यो हाम्रा लागि साह्रै दुखको कुरा हो।

भर्खरै मात्र हामीले आमालाई गुमायौँ दाईको पनि यो अवस्था छ । गत सोमबार मात्रै ऋषि र रणधीर कपुरकी आमा कृष्णाराज कपूरको हर्टअट्यागबाट मृत्यु भएको थियो ।

तर अमेरिकामा उपचार गराईरहेका जेठा छोरा ऋषि कपूर आमाकोे अन्तिम संस्कारमा सामेल हुन सकेनन्। ऋषिकी पत्नी नीतु कपूर र पुत्र रणवीर कपूर पनि उनकै उपचारका लागि अमेरिकामै रहेका छन्।

 

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्