Logo
६ जेष्ठ २०८१, आईतबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोपा लिगमा एसी मिलानको दोस्रो जित

एजेन्सी : युरोपा लिग फुटबल प्रतियोगितामा समूह चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा इटालियन क्लब एसी मिलानले दोस्रो जित निकालेको छ । गत राति आफ्नो घरमा भएको खेलमा उसले ओलम्पियाकोसमाथि ३–१ को जित निकाल्यो । मिलानले पछि परेको स्थिति उट्ल्याएर जित निकालेको हो । उसले ३ वटै गोल दोस्रो हाफमा गरेको थियो ।

मिलानलाई लगातार दोस्रो जित दिलाउन प्याट्रिक कुट्रोनले २ गोल गर्दा गोन्जालो हिग्वीनले १ गोल गरे । कुट्रोनेले खेलको ७० र ७९औं मिेनटमा गोल गर्दा हिग्वीनले ७६औं मिनेटमा गोल गरेका थिए । यता, ओलम्पियाकोसले खेलको १४औं मिनेटमा गोल गरेको थियो । उसका लागि मिगुएल एन्जल गुरेरोले गोल गरे पनि अग्रता जोगाउन नसक्दा नतिजा पनि गुमायो ।

अब यो जितपछि मिलानले लगातार दुई खेल जिेर कूल ६ अंक बनाएको छ । यता, गत राति नै भएको अर्को खेलमा सेभिल्ला भने अवे मैदानमा पराजित भयो । एफसी क्रास्नोडारको घरमा भएको खेलमा सेभिल्ला २–१ ले पराजित भयो ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्