Logo
६ जेष्ठ २०८१, आईतबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेल्सीको कठिन जितमा मोरटा नायक

एजेन्सी : इन्ग्लिश क्लब चेल्सीले युरोपा लिग फुटबल अन्तर्गत समूह चरणमा लगातार दोस्रो जित निकालेको छ ।  बिहिबार राति भएको समूह चरणको दोस्रो खेलमा चेल्सीले हंगेरीको मोल भिडी एफसीलाई १-० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि अल्भारो मोरटाले निणार्यक गोल गरे । कमजोर मानिएको भिडीविरुद्ध चेल्सीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । तर, खेलको ७० औं मिनेटमा मोरटाले गोल गर्दै चेल्सीलाई साँघुरो जित दिलाए ।

जितसंगै समूह एल मा चेल्सीले २ खेलबाट ६ अंक जोडेको छ ।  चेल्सी समूह तालिकाको शीर्ष स्थानमा छ । भिडी अंक बिहिन रहदै पुछारमा छ ।

यसै समूहको अर्को खेलमा ग्रीरिसको पिएओकेले बेलारुसको बाटे बेरिसोभलाई ४-१ ले हराएर पहिलो जित दर्ता गरेको छ । जितसंगै दोस्रो स्थानको  पिएओकेले ३ अंक जोडेको छ  । बेरिसोभको पनि ३ अंक छ ।

युरोपा लिग अन्तर्गत नै समूह एफ को एसी मिलानले ओलाम्पिकोसलाई ३-१ ले हराएको छ ।
स्पेनिस क्लब भिया रियलले स्पार्टक मस्कोसँग ३-३ गोलको बराबरी खेल्दै सेभिया क्रान्सोडरसंग २-१ ले पराजित भएको छ ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्