Logo
५ जेष्ठ २०८१, शनिबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजसेवा गर्ने भन्दै अभिनेत्री रेखा थापा मन्त्रीको ‘क्वाटर’ मै पुगेपछि …!

नेपाली चलचित्र उद्योगकी सफल अभिनेत्री मध्ये एक रेखा थापा अब समाजसेवामा पनि लागेकी छन् । उनी वाल बिवाह उन्मुलनका लागि विशेष अभियान थालेकी हुन् ।

मूलुकी ऐनमा २० वर्ष पछि मात्र विवाह उमेर तोकिएपनि अल्पज्ञान र बिविध समस्याहरुका कारण समाजमा अझैपनि वाल विवाह नरोकिएको भन्दै उनी त्यस अभियानमा लागेकी हुन् ।

प्रदेश नम्बर २ स्थित रौतहटबाट उनले आफ्नो अभियान सुरु गर्न लागेको बताइन । यसैबारे छलफल गर्न उनी प्रदेश २ सरकारका मन्त्रीहरुसँग समेत भेटेकी छन् ।

शुक्रवार समाजिक विकास मन्त्री नबल किशोर साहसँगको भेटमा सरकारले आफ्नो अभियानमा भरपुर्ण सहयोग गर्ने आश्वासन दिएको बताइन् ।

वालबालिका र महिला सम्बन्धी काम गर्ने सेवद चिल्ड्रेन, युनिसेफ लगायतका अन्तराष्ट्रिय संस्थाका प्रतिनिधिहरु सहित उनले मन्त्रीसाहसँग पमार्स गरेकी हुन् ।

 

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्