Logo
५ जेष्ठ २०८१, शनिबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायिका निशा अधिकारीको आज जन्मदिन, कति बर्षमा लागिन उनि

काठमाडौँ : चर्चित नायिका निशा अधिकारीको आज जन्मदिन हो । सन् १९८६ अक्टोबर ४ तारिखका दिन जन्मिएकी नायिका निशाआजबाट ३३ वर्ष लागेकी छिन् । क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेर अमेरिका लागेकी उनी अहिले आफ्नो छोरालाई हुर्काउँदैछिन् ।

उनले पछिल्लो समय निर्माण गरेको ‘झ्यानाकुटी’ चलचित्रले राम्रो व्यापार गरेपछि उनले चलचित्र क्षेत्रमा काम भने गरेकी छैनन् । कान्तिपुर टिभीबाट आउने ‘घरबेटी बा’ टेलिफिल्मबाट अभिनय यात्रा सुरु गरेकी निशाको पहिलो चलचित्र ‘मिसन पैसा’ हो । त्यसपछि उनले दुई दर्जन बढी चलचित्रमा अभिनय गरिन् र यसबिचमा चर्चा र विबादको केन्द्र हुँदै उनी अमेरिका हानिइन् । अमेरिका गएको लामो समय भइसक्दा पनि उनी फर्किने सुर भने देखिएको छैन ।

हेरौँ निशा स्वदेस फर्केर चलचित्रमा पहिले जसरी लाग्छीन् वा अमेरिकामा नै रहन्छिन् त्यो भने समयले नै देखाउला । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामना थाप्न भ्याई नभ्याईको अवस्था रहेको छ ।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्