Logo
६ जेष्ठ २०८१, आईतबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोटेनह्याम बिरुद्ध बार्सिलोनाको रोमान्चक जित

एजेन्सी : टोटेनह्याम हटस्परको घरेलु मैदानमा भएको च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे । बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप कौटिन्होको गोलमा अग्रता लियो ।

२८ औं मिनेटमा इभान राकिटिकले उत्कृष्ट गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २-० को अग्रता दिलाए। दोस्रो हाफमा ह्यारी केनले ५२ औं मिनेटमा घरेलु टोलीका लागि गोल गर्दै अन्तर कम गरेपनि लियोनल मेस्सीले ५६ औं मिनेटमा बार्सिलोनालाई ३-१ को अग्रतामा पुर्याए ।

रोमाञ्चक खेलमा स्पर्सका लागि एरिक लामेलाले ६६ औं मिनेटमा गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे। खेलको अन्तिम मिनेटमा मेस्सीले पुनः गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।समुहकै अर्को खेलमा इन्टर मिलानले पिएसभीलाई २-१ ले पराजित गर्यो।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्