Logo
२४ बैशाख २०८१, सोमबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र कोस्टारिकाका राष्ट्रपतिबीच भेटवार्ता, ओलीलाई मानार्थ विद्यावारिधि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्वीटअनुसार अाेली र क्वेसाडाबीचको भेटमा अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तनबाट उत्पन्न चुनौतिबारे छलफल हुनुका साथै द्विदेशीय सहकार्य गर्ने सहमति समेत भएको छ ।

कोस्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति क्वेसाडाबीच मंगलबार राजधानी सान होजेमा भेट भएको हो । त्यसपछि अायोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवअधिकार लगायत विषयमा उल्लेखनीय प्रगति गरेको भन्दै सराहना गरे । साथै, पिरिस जलविद्युत् परियोजना तथा वायुऊर्जा संयन्त्र हेर्ने अवसर पाएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

त्यसअघि, सान होजेस्थित शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पीस)ले प्रधानमन्त्री केपी ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

मानार्थ विद्यावारिधि प्रदान गर्न आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताएका थिए ।

विश्वविद्यालयले नेपालमा शान्ति स्थापना र प्रजातन्त्रका लागि ओलीको योगदानको कदर गर्दै उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

 

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्