Logo
५ जेष्ठ २०८१, शनिबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानलाई प्रश्न : ‘तपाईंका कतिजना प्रेमिका थिए ?’

सलमान खान आजकाल सानो पर्दामा बिग बस १२ को होस्टिङमा व्यस्त छन् । यसबाहेक समय पाउँदा उनी आफ्नो प्रोडक्शनमा बनेको फिल्म लवयात्रीको प्रोमोशनमा पनि गरिरहेका छन् । हालै, सलमान खानका बहिनी ज्वाईं आयुष शर्मा आफ्नी को-स्टार वरिना हुसैनसँग बिग बसको घरमा पुगे । त्यहाँ आयुषले सलमानलाई केही यस्ता प्रश्न सोधे जसको जवाफ दिनबाट उनी बचे ।

१५ वटा फिल्ममा थियो प्रेम नामः

बिग बसको घरमा आयुषले सलमानलाई सोधे, ‘तपाईंका कति प्रेमिका थिए ?’ तर सलमानले आयुषलाई यसको जवाफ दिनुको साटो हाँसोमा टारिदिए । यस्तै जब वरिनाले सलमानलाई तपाईंको कतिवटा फिल्ममा प्रेम नाम थियो भनेर सोध्दा उनले १५ बताए । यसबाहेक सेटमा पुगेका आयुषलाई सलमानले वर्कआउट र जीवनशैलीका केही टिप्स पनि दिए ।

लवयात्रीमार्फत् डेब्यू गरिरहेका छन् आयुष शर्माः

स्मरण रहोस्, उनको फिल्म लवयात्री नवरात्रीमा आधारित एक लभ स्टोरी हो । यो फिल्ममा सलमानका बहिनीका श्रीमान् आयुष शर्मा बलिउडमा डेब्यू गरिरहेका छन् । आयुषबाहेक सलमान आफ्नो यो फिल्ममा अफगानिस्तानी नायिका वरिना हुसेनलाई पनि ब्रेक दिइरहेका छन् ।

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्