Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिक्री चाप बढ्दा नेप्से सूचक १० अंकले ओरालो

साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अल्पकालिन कारोबारीहरु नाफा सुरक्षित गर्न सक्रिय भएपछि बजारमा बिक्री चाप पर्दा बजार ओरालो लागेको हो। तर बजार घटेपनि कारोबार रकम ५८ करोड बढी हुनुले भने बजारलाई आधार दिएको छ ।

आइतबार नेप्से सूचक १०.४७ अंकले घटेर १२५६.७१ अंकमा झरेको छ । आइतबार १६६ कम्पनीका २० लाख कित्ता शेयर ५८ करोड रुपैयाँमा खरिद बिक्री भएको छन। शेयर बजारमा आएको गिरावटले लगानीकर्तालाई बजार प्रवेश गर्ने मौका समेत दिएको छ ।

आइतबार कारोबार आएकामध्ये व्यापार समूह बाहेक सबै घटेका छन्। ब्यापार समूहको सूचक १.८६ अंकले बढेको छ। साल्ट ट्रेडिङको शेयरमूल्य बढेपछि व्यापार समूह सकारात्मक रहेको हो । आइतबार सबैभन्दा साल्ट ट्रेडिङ शेयरमूल्य सबैभन्दा धेरै करिब चार प्रतिशतले बढेको छ ।

यसदिन सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सूचक ५८.२६ अंकले घटेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ३५.२६, होटल ३५.२२, विकास बैंक २२.३६, जीवन बीमा १९.०१, माइक्रोफाइनान्स १५.७, बाणिज्य बैंक ९.१८ अंकले घटेका छन् ।

कारोबार रकमको आाधारमा ग्लोवल आईएमई बैंक शिर्ष सुचिमा छ । बैंकको ६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै सोल्टि होटलको ५ लाख ३५ हजार रुपैयाँ, एनआइसी एशियाको ३ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: Sep 30, 2018

प्रतिक्रिया दिनुहोस्