Logo
५ जेष्ठ २०८१, शनिबार
(September 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजु गिरी निर्देशित फिल्म ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौँ : राजु गिरी निर्देशित फिल्म ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सबैकी प्यारी’ बोलको गीतमार्फत् अभिनेत्री शुभेच्छा थापा आफ्नो बारे अरुले गरेको तारिफ सुनाउँदैछिन् । गीतमा मेलिना राईले स्वर  छ ।

बाबुल गिरीको संगीत रहेको गीतमा राम रुवालीको शब्द छ । यस फिल्ममा शुभेच्छाका अलावा किशोर खतिवडा, निक शर्मा, श्याम राई, पल्पसा डंगोललगायतको अभिनय छ । असोज १९ गते आउने फिल्मले वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम वाचन गर्ने निर्देशक गिरीले बताए ।

फिल्ममा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ ले गाउँले परिबेशको कथा भन्छ ।

प्रकाशित मिति: Sep 30, 2018

प्रतिक्रिया दिनुहोस्