Logo
५ जेष्ठ २०८१, शनिबार
(September 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ को ‘तिम्रो मन मा के छ’ को अफिसियल भिडियो सार्बजनिक (भिडियो)

काठमाडौँ : एसिएन म्युजिकको प्रोडक्सन रहेको चर्चित वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश गीत ‘तिम्रो मन मा के छ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ ।

सार्बजनिक भिडियोमा सरोज अधिकारी,आश्मा बिश्वकर्मा,अनुष्का अधिकारी,संयोग गुरागाईं,विजय अधिकारी,रोशनी कार्की र निशान्त सुबेदी फिचर छन् । ज्ञानेन्द्र शर्मा र मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुली र अशोक मल्लले सम्पादन गरेका हुन् ।

इश्वर गुरुङले निर्माण गरेको भिडियोलाइ सरिन पोखरेलले निर्देशन गरेका हुन् । शुभ तामांङ र मेलिना राइको स्वरमा रहेको गीतमा शुभ तामांङको संगीत र दिपेन्द्र तामांङको शब्द रहेको छ ।

गीतमा सैलेन्द्र प्रधान ‘बाबु’ को संगीत संयोजन रहेको छ । वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ यु ट्युबमा दर्शकले मन पराए पछी यो गीत पनि यु ट्युब निकै नै सर्च भएको थियो ।

अब दर्शकको प्रतिक्षा सकिएको छ। ‘ट्वान्टी फर्स्ट लब’ ले सिरिजमा गीतको प्रयोग गरे पछि अहिले बन्ने सिरिज हरुमा पनि गीत प्रयोग गर्ने चलन आएको छ ।

प्रकाशित मिति: Sep 30, 2018

प्रतिक्रिया दिनुहोस्