Logo
२६ बैशाख २०८१, बुधबार
(September 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषा चेम्बर अफ कमर्स समितिको शपथ : ‘लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध’

महेन्द्रनगर, धनुषा :  मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा लगानी वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । धनुषा चेम्बर अफ कमर्सको प्रथम कार्य समितिको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीको सहयोग र लगानीले मात्र प्रदेश समृद्ध हुने भएकाले लगानीकर्ताको सुरक्षाका लागि लगानीमैत्री वातावरण बनाउन आफूहरु तयार रहेको बताउनुभयो ।

प्रदेशलाई समृद्ध बनाउन सबै पक्षको उत्तिकै सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले उद्योगी व्यवसायीलाई प्रदेश नं २ को उद्योग धन्दामा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईहरुको सहयोगबिना प्रदेशलाई समृद्ध बनाउनु सकिँदैन, यस प्रदेशमा लगानीको वातावरण हामी बनाउँछौँ, लगानीको सुरक्षा हामी दिन्छौँ ।”

असोज १९ गते सिमरामा लगानीकर्ताको विशेष भेला प्रदेश सरकारले गर्न लागेको जानकारी गराउनु हुँदै उहाँले उक्त भेलाबाट औद्योगिक विकासका लागि प्राप्त हुने सुझावलाई प्रदेश सरकारले व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो ।

विकास र समृद्धिका लागि सबै पक्षमा सकारात्मक सोच आवश्यक रहेको जिकिर गर्दै उहाँले समाजमा सकारात्मक सोचको विकासका लागि सञ्चारकर्मीलाई विशेष भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी अहिले पनि हत्या, अपराधकै समाचारमा रमाइरहेका छौँ, सञ्चारकर्मीले सकारात्मक विषयमा सबैको ध्यान आकर्षित गर्नु पर्दछ ।

धनुषा चेम्बर्स अफ कमर्शका अध्यक्ष विजयकुमार साहको अध्यक्षतामा भएको समारोहमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसहितको उपस्थिति थियो ।

प्रकाशित मिति: Sep 30, 2018

प्रतिक्रिया दिनुहोस्