Logo
५ जेष्ठ २०८१, शनिबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेखाको फिल्म ‘मालिका’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं : अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘मालिका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । बालविवाश विरुद्ध बनेको चलचित्र मालिका ट्रेलरमा जाजरकोटकी १४ वर्षीय कमला ओलीलाई दमदार रूपमा प्रस्तुत गरिएको छ ।

उनको जीवनमा घटेका उचारचढावलाई ट्रेलरलाई देखाइएको छ भने अभिनेत्री थापाले एक परिवर्तन कारी नारीको रूपमा प्रस्तुत गरिएको छ । चलचित्र आउँदो तिहारको अवसर पारेर कार्तिक १६ गते रिलिज हुँदैछ । सरस्वती थापा कार्यकारी निर्माता रहेको चलचित्रको कथा अभिनेत्री थापा र नरबहादुर कार्की मिलेर लेखेका हुन् ।

जाजरकोटका विभिन्न स्थान र काठमाडौंमा समेत छायांकन गरिएको यो फिल्ममा  शिवम् अधिकारीको पटकथा रहेको छ । चलचित्रलाई बनिष शाहले सम्पादन गरेका हुन् भने सरस्वती थापाले निर्माण गरेकी हुन् । यस्तै फिल्ममा नर कार्की पनि निर्माताका रुपमा छन् ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्