Logo
५ जेष्ठ २०८१, शनिबार
(September 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलिना र जोसेफको आवाजमा डान्सिङ गीत ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र युवा गायक जोसेफ शाही ठकुरीको आवाजमा ‘कर्के नजर’ बोलको गीत सार्वजनिक भएको छ ।
लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले बजारमा ल्याएको हो । काले दाई, कान्छी मट्याङ-ट्याङ जस्ता दर्जनौ गीतमा संगीत भरिसकेका चर्चित संगीतकार कोशिष क्षेत्रीको संगीत रहेको ‘कर्के नजर’मा वासुदेव नेपालको शब्द रहेको छ भने चर्चित एरेन्जर उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।
कृपा दृष्य स्टुडियोमा रेकर्ड गरिएको गीतलाई उज्वल स्रेयन महतले मिक्सिङ,मास्टरिङ गरेका हुन्। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतमा सृष्टि खड्का र सुवास तिमल्सिनाको अभिनय हेर्न सकिन्छ । पछिल्लो समय भिडियो सम्पादन भन्दा निर्देशनमा व्यस्त निशान घिमिरेले ‘कर्के नजर’को भिडियो निर्देशन गरेका हुन् ।
बालाजु स्थित एन.एफ.डि.सी स्टुडियायोमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन भने बिकाश दाहालले सम्पादन गरेका छन् । डान्सिङ शैलीका गीतले राम्रो बजार पाईरहेको अवस्थामा सोही शैलीलाई ‘कर्के नजर’को भिडियोमा केही फरक तरिकाले प्रस्तुत  गर्न खोजिएको छ ।

प्रकाशित मिति: Sep 28, 2018

प्रतिक्रिया दिनुहोस्