Logo
५ जेष्ठ २०८१, शनिबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक

काठमाडौँ  : प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ । भारत र व्रिटेनविच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ ।

चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खान देखिएका छन् । यस्तै, नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा हुन् ।

चलचित्रमा उच्च भीएफएक्सको प्रयोग गरिएको देख्न सकिन्छ । नोभेम्बर ८ मा रिलिज हुन लागेको यो चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । आदित्य चोपडा चलचित्रका निर्माता हुन् ।

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्