Logo
५ जेष्ठ २०८१, शनिबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०औं ‘इमेज अवार्ड’को १८ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं : ईमेज च्यानलद्वारा दुई दशक अघि देखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे राष्ट्रकै सांगीतिक वृत्तको सबैभन्दा ठूलो अवार्डको २०औं संस्करण ‘इमेज अवार्ड’ का लागि विभिन्न १८ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

राजधानीमा एक कार्यक्रम आयोजना गरी प्रत्येक विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । उत्कृष्ट पाँचमध्येबाट विजेता छनोट गरी यही असोज २० गते अवार्ड वितरण गरिने छ ।

नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि ईमेज च्यानलले शुरुवाती दिनदेखि नै अहम् भूमिका निर्वाह गर्दै गीत, संगीत र साधकहरुलाई बढी उत्साही बनाउने उद्देश्यका साथ संगीत उद्योगको व्यवसायीकरणमा समेत टेवा पुर्‍याउँदै आएको छ ।

विगतका बर्षहरुमा झैं यस वर्ष पनि गीत, संगीत, रचनालगायत म्यूजिक भिडियो र पब्लिक च्वाइस अवार्ड समूह गरि जम्मा १८ विधाका उत्कृष्ट ५–५ मनोनयन सार्वजनिक गरिएको हो ।

यस पटक २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्यूजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको छ । १७ विधाका मनोनयनहरुलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञहरुबाट मुल्यांकन गरिएको र सोही ५ मध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञहरुबाट नै लिइने जनाइएको छ ।

यसपटक पनि मात्र एक विधा ‘पब्लिक च्वाइस अवार्ड’को  लागि एसएमएस भोटिङ खुल्ला गरिएको छ । यस विधामा जसले सबैभन्दा बढी एसएमएस भोट प्राप्त गर्छ, सोही गीतलाई विजेता घोषित गरिने जनाइएको छ ।

यसका साथै गीत संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘ईमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्न लागिएको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्