Logo
५ जेष्ठ २०८१, शनिबार
(September 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरीसहित भारतीय अभिनेता गोविन्दा काठमाडौँमा (फोटो-फिचर)

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका भारतका नायक गोविन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर : प्रदीपराज वन्त

काठमाडौँ : भारतीय अभिनेता गोविन्दा नेपाल आएका छन् । एक सिने सर्कल अवार्डमा सहभागी हुन अभिनेता गोविन्दा छोरी टिना आहुजासहित शनिबार मध्याहन्न काठमाडौँ आइपुगेका हुन् ।

स-परिवार आउने भनिए पनि गोविन्दाकी श्रीमती स्वास्थ्यमा केही समस्या देखिएका कारण आउन सकिनन् । गोविन्दा र उनकी छोरी टिनाले पशुपतिनाथको दर्शन गर्ने तयारी पनि छ ।

विमानस्थलमा गोविन्दाले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आफ्नो ससुराली घर पनि रहेकाले रमाइलो लाग्ने बताए ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका भारतका नायक गोविन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै । तस्वीर : प्रदीपराज वन्त

प्रकाशित मिति: Sep 15, 2018

प्रतिक्रिया दिनुहोस्