Logo
५ जेष्ठ २०८१, शनिबार
(September 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड सुपरस्टार गोबिन्दा स-परिवार नेपाल आउदै (भिडियो सन्देश सहित)

बलिउड अभिनेता गोविन्दाले आफू नेपाल आउन लागेको जनाएका छन् । उनले फेसबुक मार्फत भिडियो सन्दैश दिदै आफू नेपाल आउन लागेको बताएका छन् ।

भाद्र ३१ गते राजधानीमा आयोजना हुने एलजी सिनेमा सर्कल अवार्ड २०७५ मा सहभागी हुन गोविन्दा नेपाल आउन लागेका हुन् । सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले दिएको जनकारी अनुसार गोबिन्दा ३० गते शनिबार नेपाल आउनेछन् ।

गोविन्दासँगै उनको छोरा यश पनि नेपाल आउनेछन् । गोविन्दा नेपाल आउनु भन्दा एक दिन अगावै उनकी धर्मपत्नि सुनिता र छोरी टिना नेपाल आउने तय भएको छ । गोविन्दाको नेपाल बसाई ३ दिनका हुनेछ ।

गोबिन्दाको ससुराली नेपालमै हो । उनको श्रीमती सुनिताको माइती ललितपुरको गोदावारीमा रहेको छ । पहिलो संस्करणमा बलिउड अभिनेता सत्रुघन सिन्हा र दोस्रो संस्करणमा माला सिन्हा र सिपी लोहनी अवार्डमा सहभागी थिए ।

गोविन्दा नेपाल आएको मौकामा पशुपतीनाथको पनि दर्शन गर्नेछन् ।  यसैबिच एलजी सिनेमा सर्कल अवार्ड २०७५ का लागि २३ बिधामा उत्कृष्टहरुको मनोनयन समेत सार्वजनिक गरिएको छ ।

२०७४ बैशाख १ गते देख चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रहरु मध्येबाट अवार्डमा सहभागी ६३ का आधारमा उतकृष्ट मनोनयन सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: Sep 14, 2018

प्रतिक्रिया दिनुहोस्