Logo
५ जेष्ठ २०८१, शनिबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ गीत सार्वजनिक (भिडियो)

काठमाण्डौ : मल्टिस्टारर फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रिलिज अगावै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो ।

ज्योतिषले दिएको समय अनुसार सोमवार ठिक ११ बजे यो गीतलाई यूट्युबबाट ‘वल्ड वाइड’ रिलिज गरिएको हो । नवलपरासीस्थित सास्वत धाममा खिचिएको गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् ।
निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा दीपिका र दीपकको जोडी कमालको देखिएको छ ।
फिल्मले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।
दशैँमा रिलिज हुने ‘छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत ‘पहिलो नम्बरमा’ गीतमा मात्र छिन् ।
                                                                     भिडियो :-

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्