Logo
२६ बैशाख २०८१, बुधबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एका बिहानै पुगे पशुपतिनाथ मन्दिर

काठमाडौं :  भारतीय कांग्रेसका अध्यक्ष तथा विपक्षी दलका नेता राहुल गान्धी शनिबार बिहानै पशुपति दर्शन गर्न पुगेका छन्।

शुक्रबारमात्रै काठमाडौं ओर्लिएका राहुल शनिबार बिहान पशुपति पुगेको बताइएको छ । उनी सर्वसाधारण भारतीयको हैसियतमा त्यहाँ पुगेको श्रोतको दावी छ ।

तर पशुपतिनाथ मन्दिर प्रशासनले भने औपचारिक रुपमा समाचारको पुष्टि गरेको छैन ।

कैलाश मानसरोवर यात्रापछि मात्र पशुपतिनाथ दर्शन गर्दा राम्रो हुने भन्दै केहि सल्लाहपछि उनी त्यहाँ पुगे पनि बाहिरबाट मात्र हेरर फर्केको बताइएको छ । ‘उहाँ त पुजा गर्न नै आउनु भएको थियो तर कैलाश मानसरोवरबाट फर्केपछि मात्र विशेष पुजा गर्दा राम्रो हुन्छ भन्ने सल्लाह आयो’ उनी निकट श्रोत ले भन्यो ‘त्यसैले उहाँ आज पुजा गर्नु भएन, उताबाट फर्केपछि उहाँ विषेश पुजा गर्नुहुनेछ ।’

तिब्बतको कैलाश मानसरोबरको यात्रामा जानका लागि काठमाडौं आएका गान्धी आजै तिब्बत जाने कार्यक्रम छ । गएराति गान्धी लाजिम्पाटस्थित होटल र्‍याडिसनमा बसेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणकै क्रममा रहेका बेला गान्धी काठमाडौं आइपुगेका थिए । गान्धी शुक्रबार दिउँसो इन्डिगो एअरलाइन्सको नियमित उडानबाट २ बजे सुटुक्क काठमाडौंमा उत्रिएका थिए । मानस्थलवाट गान्धी मारुती गाडीमा होटल पुगेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले राहुलको भ्रमणका बिषयमा कुनै औपचारिक जानकारी नभएपनि अनौपचारीक जानकारीका आधारमा सुरक्षा प्रवन्ध मिलाएको बताए । प्रहरीको उनको सुरक्षाका लागि एकजना डिएसपीको कमाण्डमा टोली खटाएको छ । त्यसका साथै उनको सुरक्षाका लागि सादा पोशाकमा होटल वरपर अन्य सुरक्षाकर्मीहरु पनि खटिएका छन् ।

यो पनि पढ्नुस् : 

‘डिप्लोम्याट पासर्पोट’ बोक्दै एयर चाइनाको ‘विजनेस क्लास’ मा बसेर चिन जाँदै राहुल गान्धी

प्रकाशित मिति: Sep 1, 2018

प्रतिक्रिया दिनुहोस्