Logo
२० बैशाख २०८१, बिहीबार
(August 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कप प्रतिस्पर्धाका लागि नेपाली टोली मलेसिया तिर

काठमाडौँ  :  एसिया कप क्रिकेटको छनौट प्रतियोगिता खेल्न नेपाली क्रिकेट टोली सोमबार मलेसिया जाँदैछ । प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली बिहान १० बजेपछि त्यतैबाट मलेसिया जाने तयारी छ । प्रतियोगिता अन्तर्गत नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् । श्रीलंकामा अभ्यासको क्रममा भएका तीन खेलमा नेपाली टोली विजयी भएको थियो ।

प्रकाशित मिति: Aug 27, 2018

प्रतिक्रिया दिनुहोस्