Logo
१९ बैशाख २०८१, बुधबार
(August 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित

काठमाडौँ : दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन् ।

इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन् ।

महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका हुन् ।यसअघि एशियाली खेलकूदमा विश्वरुपाले १० हजार मिटर र पाँच हजार मिटरमा तथा सोमबहादुरले चार सय मिटर र आठ सय मिटरमा प्रतिस्पर्धा गर्ने भाग लिने नेपाल एथ्लेटिक्स सङ्घले जनाएको थियो ।

दुबैले एक/एक विधामा प्रतिस्पर्धा गर्न भने बाँकी छ । एथ्लेटिक्सकी व्यवस्थापक शान्ति सिंहले विश्वरुपालाई रङ्गशाला भित्र पठाए पनि भाग लिन नपाएको बताए। यसअघि शनिबार सोमबहादुर कुमाल चार सय मिटर दौडमा भाग लिनबाट वञ्चित भएका थिए ।

प्रकाशित मिति: Aug 26, 2018

प्रतिक्रिया दिनुहोस्