Logo
१९ बैशाख २०८१, बुधबार
(August 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा रियलद्वारा युभेन्ट्स ३–१ गोलअन्तरले पराजित

एजेन्सी : इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब रियल मड्रिडद्वारा इटालियन क्लब युभेन्टस पराजित भएको छ । रियलले युभेन्टसलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

अइतबार विहान सम्पन्न भएको खेलमा रियलले युभेन्टसलाई सहज रुपमा पराजित गरेको हो । रियललाई जित दिलाउन मार्को एसेन्सियोले २ तथा ग्यारेथ बेलले १ गोल गरे । यता, युभेन्टसले भने एक गोल उपाहार स्वरुप पाएको थियो ।

खेलको १२औं मिनेटमा ड्यानियल कार्भजलले आत्मघाति गोल गरेपछि युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो । सुरुवाती समयमा नै अग्रता बनाएको युभेन्टसले खेलको ३९औं मिनेटमा गोल खान पुग्यो । रियल मड्रिडका लागि ग्यारेथ बेलले गोल गर्दै बराबरीको स्थितिमा पु¥याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बरारबीमा खेल सकिएको थियो भने दोस्रो हाफमा रियलले २ गोल थप्दै जित सुनिश्चित गरेको हो । रियलका लागि खेलको ४७औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए । त्यस्तै, ५६औं मिनेटमा एसेन्सियोले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–१ गोलको जित दिलाए ।

प्रकाशित मिति: Aug 5, 2018

प्रतिक्रिया दिनुहोस्