Logo
१९ बैशाख २०८१, बुधबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो अनौठो दौड प्रतियोगिताको आयोजना गरिन्छ जहाँ शंखेकिरा दौडिन्छन्

मान्छेको दौड प्रतियोगिता त सामान्य भयो । दुनियाँमा हात्ती, घोडा, उँट, साँढेलगायतको दौड प्रतियोगिता पनि हुने गर्दछन् । तर यी सबैभन्दा निकै अलग दौड प्रतियोगिता बेलायतमा हुने गर्दछ ।

बेलायतमा यस्तो अनौठो दौड प्रतियोगिताको आयोजना गरिन्छ जहाँ शंखेकिराले भाग लिन्छन् । अनि विजेतालाई पुरस्कार पनि प्रदान गरिन्छ ।

सन् ६० को दशकदेखि नै बेलायतमा हरेक वर्ष विश्व शंखेकिरा दौड प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतिस्पर्धामा विश्वभरका शंखेकिराले भाग लिन्छन् ।

विजेता शंखेकिराले निकै अनौठो पुरस्कार पाए । पुरस्कार स्वरुप शंखेकिरालाई निकै मन पर्ने सलादका पातले भरिएको चाँदीको भाँडो टक्राइएको थियो ।

शंखेकिरा दौड प्रतियोगितामा योपटक लेरी नामको शंखेकिरा पहिलो भयो । यसले ३३ सेमी दूरी २ मिनेटमा पार गर्यो ।लेरीको जितबाट उसकी मालिक्नी तारा बिसले निकै खुसी छिन् । खुसीयालीमा उनले लेरीलाई तीनवटा अंगुर इनाम दिइन् ।

यद्यपि, लेरीले पहिलो स्थान हासिल गरेपछि प्रतियोगितामा कीर्तिमान कायम गर्न भने सकेन । प्रतियोगितामा सबैभन्दा छोटो समयमा दौड पूरा गर्ने शंखेकिराको कीर्तिमान आर्ची नामक शंखेकिराको नाममा छ । आर्चीले सन् १९६६ मा २ मिनेट भन्दा कम समयमे दौड पूरा गरेको थियो ।

लेरीलाई राम्रोसँग प्रशिक्षण दिन पाएको भए उसले प्रतियोगिताको कीर्तिमान भंग गर्नसक्ने दाबी ताराको छ ।

एजेन्सी

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्