Logo
२६ बैशाख २०८१, बुधबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नाई नभन्नु ल ५’ को ट्रेलर सार्वजनिक: ट्रेलरमा सेड्रिना र अनुभवको प्रेम

काठमाडौ : भदौं ८ लाई रिलिज मिती तय गरेको फिल्म नाई नभन्नु ल ५ को ट्रेलर रिलिज गरिएको छ । फिल्म युनिटले काठमाडौंको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त ट्रेलर रिलिज गरिएको हो ।

चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मीका साथ डेब्यु कलाकार अभिषेक नेपाल सेड्रीना शर्माको मुख्य भूमिका रहेको छ । बिकासराज आचार्यको निर्देशन रहेको ‘नाई नभन्नु ल’ को पाँचौं सिरिजमा प्रियंका कार्की, दिलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । यसै चलचित्रबाट अभिनेत्री निरुता सिंहले कमब्याक गर्दैछिन् ।

फिल्ममा बसन्त साप्कोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन र सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्