Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानी राखौँ, पोलेको मकै खानुका महत्पवूर्ण फाइदाहरु यस्ता छन्

पोलेको मकैको स्वाद नै मिठो हुन्छ । तर, कहिल्यै सोच्नु भएको छ पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कतिको फाइदा हुन्छ भनेर ? पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ । मकै एक यस्तो तत्व हो जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकैमा क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हुन्छ ।

  • पोलेको मकै खानुको फाइदाहरु

– पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

– मकै खाइ सकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

– त्यति मात्र नभई मकैको खोयालाई सुखाएर जलाएर त्यसको धुँवा सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

– पोलेको मकैमा पर्याप्त मात्रामा एन्टी–अक्सीडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग पनि लड्नमा मद्दत गर्छ ।

– बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ त्यसैले पोलेको मकै खाँदा मुटुपनि स्वस्थ रहन्छ ।

– मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ ।

– पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ ।

– मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।

– पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि क मगर्दछ ।

– काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खनाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।

– मकैमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट पाइने कारणले गर्दा यसको सेवनले हाम्रो छाला कोमल हुनुका साथै रोग प्रतिरोधी क्षमता बढ्ने र बुढ्यौलीका लक्षण छिटो देखिने समस्या कम हुन्छ । मकैमा भिटामिन सी, क्यारोटिनाइड तथा बायोफ्लेभिनोइड पाइन्छ ।

– मकैको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, उच्च रक्तचापको समस्या कम गर्ने तथा मुटुलाई स्वस्थ राख्न सघाउँदछ ।

– गर्भवती महिलाका लागि मकै निकै उत्तम आहार हो । यसमा फोलिक एसिड पर्याप्त पाइने हुनाले गर्भको शिशुका लागि पोषणको पर्याप्त आपूर्ति हुन्छ । (एजेन्सीको सहयोमा)

प्रकाशित मिति: Jul 2, 2018

प्रतिक्रिया दिनुहोस्