Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हट एन्ड कोल्ड सेक : रोग अनेक, उपचार एक

काठमाडौं : तातो-चिसो पट्टी अर्थात् हट एन्ड कोल्ड सेक प्राकृतिक चिकित्साको जल चिकित्सा उपचार विधिअन्तर्गत पर्छ । पेट, ढाड, जोर्नीसम्बन्धी समस्यालाई यसले राहत प्रदान गर्छ । यो विधिबाट उपचार गर्न दुईवटा वाटर ब्याग आवश्यक पर्छ । र, त्यसमा तातो, चिसो पानी भरेर दुखेको भागमा सेक्न सकिन्छ । यो निकै सहज तर, निकै फाइदाजनक उपचार विधि हो :

विधि
दुईवटा हटब्याग लिनुपर्छ । एउटामा उमालेको तातो पानी भर्ने र अर्कोमा चिसो पानी । त्यसपछि बिरामीलाई आकाशतर्फ फर्काएर आरामसँग सुत्न लगाउने । त्यसपछि तातो ब्यागलाई पेटमा तीन मिनेट राख्ने र त्यसलाई निकालेर चिसो पानी भरेको ब्याग एक मिनेटसम्म राख्नुपर्छ । लगातार तीनपटकसम्म यस्तो कार्य गर्नुपर्छ । अन्तिममा तातो पानी र चिसो पानीको ब्याग चार–चार मिनेटसम्म राख्नुपर्छ ।

सामान्यतया यस्तो विधि २० मिनेटसम्म गर्नु आवश्यक हुन्छ । तातो–चिसो सेक गरेको ३० मिनेटपछि मात्र खाना खानुपर्छ । खालीपेट वा खाना खाएको चार घन्टापछि मात्र उपचार गर्नु आवश्यक हुन्छ । हटब्यागबाट तातो सेक दिँदा पातलो कपडाले बेरेर लिनुपर्छ । यसरी हट एन्ड कोल्ड सेक गरेपछि योगासन गर्नु या दौडनु स्वस्थकर हुन्छ ।

यस्ता रोगीलाई उपयोगी :
-गर्दन, ढाड, कम्मर, तथा जोर्नीको दुखाइमा यस्तो प्राकृतिक उपचार फाइदाजनक हुन्छ ।

-ग्यास्ट्राइटिसका समस्या भएमा पनि यो विधि उपयोगी हुन्छ । कोलाइटिस, पायल्सजस्ता रोगलाई निको पार्न सहयोग पु-याउँछ ।

-महिलाको महिनावारीको समयमा अधिक पेट दुख्ने, बढी रगत बग्नेजस्ता समस्या भएमा यस्तो विधि अपनाउन सकिन्छ ।

-पिसाब पोल्ने, मिर्गौलाको पत्थरीजस्ता समस्याका लागि पनि उपचार गर्न सकिन्छ ।

(डा.बराल, सोहम् योग तथा प्राकृतिक चिकित्सामा आवद्ध छन् )

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्