जापानमा ओसाका केन्द्र बिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प
एजेन्सी : जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको छ ।भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको छ ।
जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएका छन् ।