Logo
२२ बैशाख २०८१, शनिबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प र किम वार्ताको सुरक्षा जिम्मा गोर्खाली सेनाले लिने, यस्तो छ भेट हुने होटेल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुप्रतीक्षित वार्ता सिंगापुरको ‘सेन्तोसा आइल्यान्ड’ मा हुने भएको छ ।

ह्वाइटहाउसले जनाएअनुसार १२ जुन बिहान ९ बजे ट्रम्प र किमबीच सेन्तोसा आइल्यान्डस्थित होटेल क्यापेलामा भेटवार्ता हुनेछ ।

सिंगापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूतावास र थुप्रै होटेललाई विशेष क्षेत्र घोषणा गरेको छ । यसमा सेन्तोसा आइल्यान्ड पनि परेको छ ।

आइल्यान्डको दक्षिण–पश्चिमी तटको करिब एक किलोमिटर विशेष क्षेत्रमा पर्छ । दुई नेताहरूबीच हुने सो वार्तालाई गोर्खाली सेनाले सुरक्षा दिने बताइएको छ ।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्