Logo
२४ बैशाख २०८१, सोमबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परीक्षा केन्द्र पुग्न ४ मिनेट ढिला भएपछि छात्रले गरे आत्महत्या

परीक्षा दिन नपाएर एक छात्रले आत्महत्या गरेका छन् । परीक्षा केन्द्रमा चार मिनेट ढिलो पुगेका कारण परीक्षा दिन नपाएका छात्रले आत्महत्या गरेको भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित खबर अनुसार ओल्ड राजेन्द्र नगरमा बसेर युपिएससी परीक्षाको तयारी गरेका २७ वर्षका वरुण सुभाष चन्द्रनले आत्महत्या गरेका हुन् ।

भारतको दिल्ली स्थित परीक्षा केन्द्र पुग्न ४ मिनेटमात्रै ढिलो पुगेका कारण परीक्षा दिन नपाएको पीडा सहन नसकेर वरुणले घरमा पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् । आइतबार भएको युपिएससीको प्रारम्भिक परीक्षामा उनी पहाडगञ्जमा रहेको परीक्षा केन्द्र पुगेका थिए । जुन उनको केन्द्र थिएन ।

त्यसपछि आफ्नो सही परीक्षा केन्द्रमा गए तर चार मिनेट ढिलो भएकाले प्रवेश गर्न पाएनन् र परीक्षा दिनबाट वञ्चित भए । यसले घटनाबाट निराश भएका उनले घरमा गएर आत्महत्या गरेका हुन् । उनी कर्नाटकको उत्तराखण्डका स्थायी बासिन्दा हुन् । भारतको सरकारी सेवामा प्रवेशका लागि यो युपिएससीको परीक्षा पास गर्नुपर्छ ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्