Logo
२६ बैशाख २०८१, बुधबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै कार्यकक्षबाट पुरै मन्त्रालयका गतिविधि नियाल्न लालबाबु गराए सीसीटीभी जडान  

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालय भित्रका विभिन्न शाखामा हुने कामका गतिविधि अवलोकन गर्न सीसीटीभी जडान गरेका छन् । मन्त्रालयको भुईँ तल्लामा रहेका संघीय मामिला र सामान्य प्रशासनको कर्मचारी शाखा, प्रवेशद्वार, भर्‍याङ, लबी, मन्त्रीको सचिवालय, चार वटै तलामा १६ वटा क्यामेरा जडान गरिएको छ ।

खासगरी कर्मचारीको बढी चाप हुने कर्मचारी प्रशासन (कप्र) शाखामा हुने अनावश्यक भिडभाड र कर्मचारीको सेवा अवलोकन गर्न सीसीटीभी जडान गरिएको उनका स्वकीय सचिव ओशिम आलमले बताए । सीसीटीभी जडानपछि सेवा लिन आउनेलाई कर्मचारीले गर्ने व्यवहार, सेवाग्रहीको गतिविधिलगायत अनावयश्क व्यक्ति र समुहको गतिविधि हेर्नसमेत सजिलो भएको छ ।

मन्त्री पण्डितको कार्यकक्षसहित स्वकीय सचिवालय, मन्त्रालयका सचिव, कर्मचारी प्रशासन हेर्ने सहसचिवलगायतको कार्यकक्षमा स्क्रिन राखिएको छ । मन्त्रालयमा भएका बेला मन्त्री पण्डितले पनि स्क्रिनमा मन्त्रालयका गतिविधि हेर्ने गरेका छन् भने उनको सचिवालयले पनि उनलाई रिपोर्टिङ गर्ने गरेको छ ।

कर्मचारी प्रशासन शाखामा लामो समयसम्म अनावश्यक भीडभाड भयो भने सचिवालयले केरकार गर्ने र मन्त्रीलाई रिपोर्टिङ गर्ने गरेको छ । कर्मचारी प्रशासनमा पटक–पटक धाइरहने र कर्मचारीलाई अनावश्यक दबाब दिने व्यक्ति पहिचान गर्न सजिलो होस् भनेर मन्त्री पण्डितको आग्रह अनुसार सीसीटीभी जोडिएको हो ।

 

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्