Logo
२६ बैशाख २०८१, बुधबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा भित्रियो आगो बालेर कपाल बनाउने शैलुन (भिडियो सहित)

काठमाण्डौ : नेपालमा पहिलोपटक आगो बालेर कपाल बनाउने शैलुन स्थापना भएको छ । काठमाण्डौ स्थित सिविल मलको ५ औ तलामा खुलेको सुपरकट एण्ड ब्युटी सैलुनमा यो प्रविधि पहिलोपटक नेपाल भित्रिएको हो ।

सैलुनका संचालक वीरेन्द्र ठाकुरका अनुसार नयाँ प्रविधिबाट कपालमा आगो लगाएर ‘फयर हेयरकट’ गर्ने गरिएको छ । क्यानाडा, अमेरिका, जर्मनी, अष्ट्रेलिया लगायतका देशहरुमा निकै लोकप्रिय रहेको यो प्रविधि नेपालमा भित्रिएको हो ।

ठाकुरका अनुसार खासगरी फिल्मी र मोडलिङ्ग क्षेत्रका युवा पुस्ताले यो प्रविधिबाट कपाल बनाउन निकै उत्सुक हुने गरेका छन् ।

अमेरिकामा लामो समय सौन्दर्य क्षेत्रमा कार्य गरेका ठाकुरले नेपालमा नयाँ गर्ने उद्देश्यले यो प्रविधि भित्रिएको बताए । ‘म पहिला अमेरिकामा यसै प्रविधिबाट निकै कपाल काटेको छु, हामि कहाँ हलिउडका ठुला–ठुला कलाकारदेखि ठुला घरानाका यूवा पुस्ताहरुको निकै आकर्षण थियो’ उनले भने ‘यहाँ पनि युवा पुस्ताको आकर्षण निकै बढी देखिएको छ ।’

निकै सस्तो र आकर्षक हुने गरेका कारण यो प्रविधिबाट कपाल कटाउन युवा पुस्तामा निकै आकर्षण देखिएको उनले बताए । उनका अनुसार अहिले मात्र ३०० रुपैयाँमा यो प्रविधिबाट कपाल कटाउने गरिएको छ ।

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्