Logo
१७ बैशाख २०८१, सोमबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश न २ को सरकारलाई  दिए प्रधानमन्त्री मोदीले सरप्राईज गिफ्ट

काठमाण्डौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ सय करोड रुपयाँ सहयोग गर्ने घोषणा गरेका छन् । जनकपुरको बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहयोगको घोषणा गरेका हुन् ।

अयोध्या र जनकपुरलाई जोड्नका लागि आफू प्रयत्नशील रहेको भन्दै नेपाल सरकारको योजना अनुसार नै आफूले सहयोग गर्ने मोदीले बताए । उनले जती मैथिली भाषी भारतमा छन् उती नै मैथिली भाषी नेपालमा पनि रहेको  उल्लेख गरे । उनका अनुसार भारतमा नेपाली भाषीको संख्या बढी रहेको छ ।

जनकपुरक्षेत्रको समग्र विकासका लागि आफू लागिपर्ने भन्दै जनकपुर–जयनगर रेलमार्गको कामलाई पनि तीब्रता दिइएको उनले बताए । भारतीय सरकारले स्वच्छता अभियान चलाएको छ त्यसैगरी नै नेपालले पनि स्वच्छता अभियान संचालन गरेकोमा नेपाल सरकार प्रति आभार प्रगट गरे ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्