Logo
१७ बैशाख २०८१, सोमबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाह्रबिघा मैदानबाट मोदीले मैथिली र नेपाली भाषामा गरे नेपालीलाई सम्बोधन

जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाह्रबिघा मैदानबाट नेपालीलाई सम्बोधन गरीरहेका छन् । सम्बोधनका क्रममा उनले प्रधानमन्त्री के पी शर्मा ओली , प्रदेश सरकार ,संसद लगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् । नेपालबिना भारत अधुरै रहेको उनको भनाई रहेको बताए । बाह्रबिघा मैदानमा प्रदेश नम्बर २ को तर्फबाट आयोजीत अभिनन्दन कार्यक्रम में मोदीले नेपालबिना भारतको इतिहास नै अधुरो हुने बताए ।

‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो । हाम्रो गन्तब्य पनि एकै हो’, मैथिलीमा भाषण सुरु गर्दै मोदीले भने, ‘नेपालबिना भारतको इतिहास अधुरो छ,नेपालबिना हाम्रो नाम पनि अधुरो हुन्छ ।’ मोदीले सुरुमा मैथिलीमा भाषण गरेपछि केही शब्द नेपालीमा पनि बोले । उनले नेपालीमा भने, ‘मेरो यो पटकको नेपाल भ्रमण प्रधानमन्त्रीकारुपमा नभई प्रधान तीर्थयात्रीकारुपमा भएको हो ।’

मोदीले दुई देशबीचको मित्रता मित्रता आजको नभइ त्रेता युगदेखिको रहेको पनि जिकिर गरे । ‘हामी भगवान रामको पालादेखि जोडिएका छौँ’, उनले भने, ‘हाम्रो सुख दुःख पनि समान हो, हाम्रो सपना पनि एउटै छ ।’उनले अन्तीममा ‘शिया राम’ ‘शिया राम’ भन्दै आफनो सम्बोधन टुङ्गयाएका छन् ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्