Logo
६ जेष्ठ २०८१, आईतबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते

फलेवास: पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्।

बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते भएका हुन् ।घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको बस एउटै दिशाबाट गएको अर्को बसलाई उछिन्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा परेको बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्