Logo
३ श्रावण २०८१, बिहीबार
(May 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको हत्याय

राजविराज: सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ ।

मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।

शिक्षक कुट्नेलाई कार्वाही माग

नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कार्वाहीको माग गरेको छ ।
तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ । कोइराला हनुमानगर कंकालनी नगरपालिका–१ स्थित बिपी माविमा १५ वर्षदेखि अध्यापनरत हुनुहुन्छ ।

प्रकाशित मिति: May 8, 2018

प्रतिक्रिया दिनुहोस्