Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर निर्माणका क्रममा लड्दा एकजनाको मृत्यु

ताप्लेजुङ: ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचामा घर निर्माणका क्रममा लड्दा एकजनाको ज्यान गएको छ ।

आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते भएका स्थानीय टुईजन बोखिम (लिम्बू) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि इलाका स्वास्थ्य कार्यालय, तेल्लोक लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शव इलाका स्वास्थ्य कार्यालयमा राखिएको र परीक्षण गरी आफन्तलाई जिम्मा लगाउने तयारी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: May 8, 2018

प्रतिक्रिया दिनुहोस्